site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी आक्रमणबाट युक्रेनमा सातजनाको मृत्यु, १० घाइते
तस्बिर : रोयटर्स ।
SkywellSkywell

किभ (युक्रेन) । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रुसले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा परी सातजनाको मृत्यु भएको छ । आक्रमणमा १० जना घाइते भएका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

पनामाका गभर्नर ओलेग किपरका अनुसार, बुधबार पनामाको झन्डा फहराइरहेको एउटा कन्टेनर जहाजमा आक्रमण गरिएको थियो । किपरले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, “दुर्भाग्यवश, हिजो रुसबाट भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।”

KFC Island Ad
NIC Asia

उनले अगाडि भनेका छन्, “आज बिहान बन्दरगाहमा काम गर्ने ४६ वर्षीय एक कामदारको अस्पतालमा मृत्यु भएको छ । चिकित्सकहरूले सक्दो प्रयास गरे पनि उनको चोट निकै गम्भीर भएकाले घाइते श्रमिकलाई बचाउन सकिएन ।”

किपरले यसअघि ब्ल्याक सी बन्दरगाह सहरमा विगत चार दिनमा नागरिक जहाजमा गरिएको यो तेस्रो आक्रमण भएको बताएका थिए ।

Royal Enfield Island Ad

युद्ध अवधिभर रुसले युक्रेनको तटीय ओडेसा क्षेत्रलाई निसाना बनाएको छ । डुंगा र अन्न बोक्ने जहाजमा प्रहार गरिएको छ, जसलाई किभले निर्यात क्षमता नष्ट गर्ने अवैध प्रयास भएको जनाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गर्नुअघि युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यातक मुलुकमध्ये एक थियो । तर, यसको बन्दरगाह र भण्डारण सुविधामा पटक–पटकको आक्रमणले उत्पादनमा गम्भीर कटौती गरेको छ ।

ओडेसा बन्दरगाहमा रुसी क्षेप्यास्त्रले पलाउ ध्वजावाहक जहाजलाई ठक्कर दिँदा त्यसमा सवार एकजनाको मृत्यु भएको दुई दिनपछि उक्त आक्रमण गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro