site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक ५ देखि

काठमाडौं । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक १० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

कमिटीले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सदस्य राजीव श्रेष्ठ, नेपाल टेनिस संघकी सचिव मालिका राणा र गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव श्रेष्ठलगायत उपस्थित थिए ।

गणेशमान सिंह फाउण्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भास्करमान सिंहले प्रतियोगिता आयोजनमा काम गर्ने टेनिस संघलगायत विभिन्न प्रतिनिधिलाई जिम्मेवारी प्रदान गरेका थिए । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सिनियर महिला र पुरुषमा १२ स्पर्धा तथा जुनियरमा ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । सिनियरतर्फ पुरुष र महिला दुवैको सिंगल्स तथा डबल्स हुनेछन् ।

महिला र पुरूष सिंगल्स विजेता दुवैले एक लाख, उपविजेता ५० लाख र तेस्रो हुने खेलाडीले २५ हजार रूपैयाँ तथा दुवैको डबल्समा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछ ।

पुरूष ३५ वर्षमाथि सिंगल्स र डबल्स, पुरूष ४५ वर्षमाथि सिंगल्स र डबल्स, पुरुष ५५ वर्षमाथि  सिंगल्स र डबल्स, पुरुष ६५ वर्षमाथि सिगंल्स र डबल्समा प्रतिस्पर्धा हुनेछन् । ३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रूपैयाँ पाउनेछन् ।

३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय पाउनेछन् । ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र  तेस्रोले ६ हजार २५० रूपैया तथा यसै विधामा डबल्स विजेताले २५ हजार, १२ हजार ५०० र तेस्रो हुनेले १२ हजार ५०० रूपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, जुनियरतर्फ यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro