site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी प्रकरणमा रविमाथि कारबाही भए माओवादीले ‘डिस्टर्ब’ नगर्ने

काठमाडौं । माओवादी अध्यक्ष तथा पूर्वप्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा रवि लामिछानेमाथि सरकारले कारबाही गरे आफूहरूले ‘डिस्टर्ब’ नगर्ने बताएका छन् ।

बुधबार बिहान संपादकहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘‘संसदीय विशेष छानबिन समितिले सहकारीमा रविजीलाई गोरखा मिडियासँग जोड्दै केही प्रश्न उठाएको छ । सरकारले कारबाही गर्छ भने हामी ‘डिस्टब’ गर्नेवाला छैनौँ । तर अनाहकमा नयाँ जन्मेका पार्टीलाई अपमानित वा तिरस्कार गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’’

लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए । छानबिनपूर्वको परिस्थिति उल्लेख गर्दै प्रचण्डले भने, ‘‘त्यतिखेर रविलाई मैले बचायो भन्ने टीकाटिप्पणी आयो । तर, त्यसो भएको होइन ।’’

आफूले उतिखेर सहकारी विषयमा छानबिनमा संलग्न सरकारी संयन्त्रसँग कुनै ‘कैफियत’ छ कि भनी सोधेको उल्लेख गर्दै प्रचण्डले भने, ‘‘तिनले हालसम्म कुनै कैफियत नभेटिएको बताएका थिए ।’’ प्रचण्डले संसदीय छानबिन समिति बन्नुपूर्व सरकारी संयन्त्रसँग बुझेको बताए । 

संसदीय छानबिन समिति गठनविरुद्ध एमाले कठोर रूपमा उभिएको जानकारी दिए । प्रचण्ड नेतृत्वको सरकारमा एमाले प्रमुख घटकका रूपमा सामेल थियो । प्रचण्डले भने, ‘‘केपी शर्मा ओली छानबिन समिति बन्नै हुँदैन भन्ने अडानमा हुुनुहुन्थ्यो । बरु रविजी छानबिन समिति नबन्दा आफ्नो बदनाम भइरहेको हुँदा तत्कालै गठन गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro