site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय वायुसेनाको प्रदर्शनमा पाँचजनाको मृत्यु
Dabur Nepal
NIC Asia

काठमाडौं । दक्षिणी भारतीय सहर चेन्नईमा भारतीय वायुसेना शोमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँचजनाको मृत्यु भएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । 

आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । नयाँ दिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडीटीभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रमको दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ । 

भीडले समुन्द्र तटको वरिपरि ग्रिडलक निम्त्याएको बताइएको छ । दर्शकलाई घटनास्थलमा पुग्न लामो दूरी हिँड्नुपरेको थियो । प्रदर्शनपछि सार्वजनिक सवारीसाधन लिन वा आफ्नो सवारीसाधन उठाउन जामले भरिएको सडकमा मानिसहरूले ३ देखि ४ किलोमिटर हिँड्नुपरेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro