site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय परिचयपत्र नम्बर बैंकमा अध्यावधिक नगर्नेले पेन्सन नपाउने

काठमाडौं । सरकारले निवृत्तभरण (पेन्सन) भुक्तानीमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै धेरैले पेन्सन नपाएको गुनासो गर्दै आएका छन् ।

तर, पहिलो चरणमा २८ जिल्लाका पेन्सन होल्डरहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । यसरी राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, धनुषा, महोत्तरी, सलाही, काठमाडौं र भक्तपुर छन् । यीसँगै ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, सु र्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई पनि राष्ट्रिय परिचय पत्र गत साउन १ गतेबाट अनिवार्य गरिएको छ ।

यी २८ जिल्लाका पेन्सन होल्डलरले साउन १ गतेयता आफूले पेन्सन पाउने बैंकमा राष्ट्रिय परिचयपत्र अध्यावधिक गरेमात्र पेन्सन प्राप्त गर्ने निवृत्तभरण व्यवस्थापन कार्या लयका सूचना अधिकारी राजभाइ श्रेष्ठले बताए ।

आगामी माघ १ गतेदेखि ३८ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने कार्यालयले जनकारी दिएको छ । दोस्रो चरणमा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, लमजुङ्ग, नवलप रासी (बर्दघाट सुस्ता पूर्व), स्याङ्जा र नवलपारासी (बर्दघाट सुस्ता पश्चिम) अनिवार्य राष्ट्रिय परिचयपत्र अध्यावधिक गर्नु पर्ने जिल्लको रूपमा छन् । यीसँगै गुल्मी, पाल्पा, अर्घाखांची, म्याग्दी, बाग्लुङ, पर्वत, रुकुम (पूर्वी भाग), रो ल्पा, प्यूठान, सल्यान, रुकुम (पश्चिम भाग), जाजरकोट, दैलेख, जुम्ला, अछाम, डोटी, डडेलधुरा र बैतडी पनि दोस्रो चरणमा परेका छन् ।

त्यस्तैगरी सोलुखुम्बु, रसुवा, मनाङ, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, बाजुरा र दार्च ुला जिल्लामा भने आगामी साउन १ गतेबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र बैंकमा अध्यावधिक नगरेकाहरूले पेन्सन नपाउने पनि कार्यालयले जानकारी दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro