site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यो वर्ष सर्वसाधारणले किन पाएनन् नयाँ नोट ?
फाइल तस्बिर ।

काठमाडौं । यो वर्ष नेपाल राष्ट्र बैंकले नयाँ नोट छापेन । विगतमा नयाँ नोटले दसैँ मनाउँदै आएका सर्वसाधारणले यो वर्ष सुकिलाले टार्नुपर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार, एकपटक जारी गरिएका नयाँ नोट बजार पुगेर बैंकमा फर्किएका हुन्छन् । ती नै हाल बैंकहरूले दसैँका निम्ति साटिदिँदै आएका छन् । तर, यसरी दिइने नोट सुकिला हुने राष्ट्र बैंकले जनाएको छ ।

विगतका वर्षमा राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० का १००/१०० नयाँ नोट सटही गर्दै आएको थियो ।

राष्ट्र बैंकसँग प्रशस्त पैसा भएको र नयाँ नोट छाप्न लागत बढी लाग्ने हुँदा आर्थिक संकटको समयमा बचत गरिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । यो वर्ष राष्ट्र बैंकमा भएकै सुकिला नोटले काम चलाउन पनि नयाँ नोट नछापिएको उनले जानकारी दिए ।

तर, सरकारले १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णय गरेको र त्यसको तयारी नहुँदा यो वर्ष पुरानै नोटले टार्न खोजिएको कतिपयको भनाइ छ । प्रवक्ता पौडेलले भने सरकारले गरेको निर्णयलाई राष्ट्र बैंकले कार्यान्वयन गर्ने भएकाले यसमा केही समस्या नभएको जिकिर गरे । चुच्चे नक्साले कुनै समस्या नपारेको उनको भनाइ छ ।

एकपटक प्रयोग गरिएका नोटहरू बजारमा प्रशस्तै भएकाले नयाँ वितरण नगरिएको उनले बताए । “राष्ट्र बैंकले एकपटक धेरै वर्षलाई पुग्ने गरी नोट छाप्ने भएकाले बजारमा पठाउन नोटको अभाव छैन,” उनले भने, “चुच्चे नक्साका कारण नयाँ नोट राष्ट्र बैंकले वितरण नगरेको हैन । दसैँका समयमा नयाँ नोट पठाउँदा अनावश्यक खर्च लाग्ने गर्छ । नयाँ नोट बजारमा पठाउँदा पुरानो नोट ल्याएर त्यसलाई नष्ट गर्नुपर्ने हुन्छ । यसमा जनताको ठूलो रकम जान्छ ।”

अनावश्यक खर्च बचत होस् भनेर पनि एकपटक प्रयोग गरिएको नोटको सदुपयोग गर्न खोजिएको पौडेलले स्पष्ट पारे ।

यही असोज १३ देखि २२ गतेसम्म दसैँलक्षित सुकिला नोट सटही गरिँदै छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित सातै कार्यालयबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro