काठमाडौं । नेपालको दिगो वेलनेस ब्रान्ड नेचुरो अर्थले टर्कीमा हुने ब्युटिइस्तानबुल २०२४ प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गराएको छ । अक्टोबर दुईदेखि चारसम्म आयोजना गरिएको विशेष प्रर्दशनीमा १६९ देशका ८४५ भन्दा बढी प्रदर्शक सहभागी थिए ।
१६ हजार ३०० भन्दाबढी आगन्तुक सहभागी प्रदर्शनी विश्वभरका ब्रान्डका लागि विशेष प्लेटफर्मका रूपमा रहेको छ । नेपालको एक मात्र प्रतिनिधिका रूपमा नेचरो अर्थले नेपाली शिल्पकला र दिगो जीवनको प्रतिवद्धताको प्रदर्शनी गरेको छ ।
पाँच वर्षअघि स्थापित नेचुरो अर्थले स्वास्थ्य, सौन्दर्य तथा दैनिक जीवनका हस्तनिर्मित उत्पादनहरू बनाउँदै आएको छ । ब्रान्डले आफ्नो प्रतिनिधित्व नेपालको परम्परागत अभ्यासको निरन्तरतातर्फको लगाव र वैश्विकरुपमै पारिस्थितिकीमैत्री दृष्टिकोणको अबलम्बन भएकोे बताएको छ ।
ब्रान्डले प्राकृतिक सामग्रीको प्रयोग गरी यस्ता उत्पादन गर्ने गरेको छ ।
नेपाल र नेपाल बाहिर विस्तार हुँदै गएको नेचुरो अर्थले आफ्नो दिगो सौन्दर्यको कथालाई अन्तर्राष्ट्रिय मञ्चमा लैजान पाउँदा गर्व लागेको बताएको छ ।