site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वयम्भू इन्टरनेशनल कलेजका विद्यार्थीलाई बिग इन्डस्ट्रीज लिमिटेडमा इन्टर्न मिल्ने
SkywellSkywell

काठमाडौं । स्वयम्भू इन्टरनेशनल कलेज र बिग इन्डस्ट्रीज लिमिटेडबीच विद्यार्थीलाई इन्र्टन उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।

स्वयम्भू इन्टरनेशनल कलेज र ललितपुरको लगनखेलले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीबीएस, बीसीए तथा एमबीएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । व्यवस्थापन र सूचना प्रविधि शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको बताउने कलेज प्राइम सीएसँग आबद्ध छ ।

KFC Island Ad
NIC Asia

प्रभावकारी सिकाइसँगसँगै आयआर्जन गर्ने विशेष शिक्षा अवधारणाअन्तर्गत सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग जोड्ने क्रममा बिजनेस ग्रुप अफ इन्डस्ट्रीज लिमिटेड (बिग इन्डस्ट्रीज लिमिटेड), रानीबारी, काठमाडौंसँग सम्झौता गरेको कलेजले जनाएको छ । यससँगै कम्पनीका व्यावसायिक गतिविधि सञ्चालन हुने ठाउँमा यस कलेजका विद्यार्थी तथा विद्यार्थीहरूलाई प्रशिक्षार्थी भएर काम गर्न पाउने भएका छन् ।

दुवै पक्षबीच सम्झौता पत्रमा यसै असोज १७ गते घटस्थापनाको दिनमा हस्ताक्षर भएको छ । कलेले यसअघि पनि विभिन्न औद्योगिक, व्यापारिक, बैंकिङ, वित्तीय, बिमा र सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्थाहरूसँग इन्टर्नको लागि सम्झौता गर्दै आएको बताएको छ । बिग इन्डस्ट्रीज लिमिटेडले नेपालको उत्पादन, व्यापार र बजारीकरणलाई सबल बनाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको दाबी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro