site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले । अमेरिकामा आएको हेलेन आँधीका कारण हालसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ ।

अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ भने व्यापक भौतिक क्षति पुर्‍याएको छ । अमेरिकी उद्धारकर्ताहरूले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन् ।

नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी सावित भएको छ । सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।

‘हेलेन’ आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन् भने करिब आठ लाख घर अझै पनि विद्युत्‌विहीन छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रको हवाई भ्रमण गरेपछि जर्जियाको रे सिटीमा बाइडेनले प्रभावितहरूलाई भने, “म तपाईंलाई देख्छु, तपाईंको कुरा सुन्दैछु, दुःखी छु, र प्रतिज्ञा गर्छु, हामी तपाईंको साथमा छौँ ।” रासस

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro