site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको छ । इजरायली सेनाले हिजबुल्लाहको गढहरूमा बमबारी गरिरहेको छ ।

हिजबुल्लाहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापा’ थालेको इजरायलले यसै साता घोषणा गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बमबारीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ र आर्थिक तथा राजनीतिक संकटमा फसेको मुलुकमा लाखौँ मानिसलाई आफ्नो घर छाड्न बाध्य भएका छन् ।

गाजामा हमासको अक्टोबर ७ को आक्रमणपछि युद्धरत इजरायलले आफ्नो उत्तरी सीमा सुरक्षित गर्न र गत वर्ष हिजबुल्लाहको आक्रमणले विस्थापित भएका ६० हजारभन्दा बढी मानिसको सुरक्षित फिर्तीको सुनिश्चितता गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएको छ । 

इजरायली सेनाका अनुसार गाजा मोर्चामा तीन महिनाअघिको आक्रमणमा हमासका तीन वरिष्ठ नेता मारिएका थिए । यसमा युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लडाकू आन्दोलन सरकारका प्रमुख रहवी मुस्तहा पनि थिए । 

इजरायली सेनाले ‘बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयसँग सम्बन्धित लक्ष्यहरूमा’ आक्रमण गरेको बताएको छ । एएफपीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro