देश
काठमाडौं । पछिल्लो एक घण्टामा कास्कीको पोखरा, लामापाटन र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।
बिहीबार साँझ ७:५० बजे जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुने देखिएकाले सतर्क रहन आग्रह गरेको छ । विभागले सेती नदी, फुस्रे खोलालगायत ससाना खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ २०:३७
प्रतिक्रिया दिनुहोस्