site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या १५ हजारनजिक, सेप्टेम्बरमा थपिए आठ हजार

काठमाडौं । सन् २०२४ जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुगेको छ । जनवरीदेखि सेप्टेम्बर अन्तिमसम्म १४ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा डेंगीबाट सातजनाको मृृत्यु भएको छ । सेप्टेम्बरका ३० दिनमा मात्र आठ हजार ८९ संक्रमित थपिएका (ईडीसीडी)ले जनाएको छ ।

Dabur Nepal
NIC Asia

काठमाडौं पनि डेंगीको ‘हटस्पट’ बनेको छ । काठमाडौंमा सेप्टेम्बरमा मात्र एक हजार ४३७ जना संक्रमित भएका छन् ।

हालसम्म सबैभन्दा धेरै कास्कीमा दुई हजार ३२१ जना संक्रमित भएका छन् । काठमाडौंमा एक हजार ९८६ जना संक्रमित भएका छन् । भक्तपुरमा २२३ र ललितपुरमा ४८९ जना संक्रमित भएका छन् ।

संक्रमित धेरै हुनेमा तनहुँ (एक हजार ७२६), पर्वत (एक हजार २८३), चितवन (८२९) पनि छन् । यीबाहेक अरू जिल्लामा ५०० भन्दा कम संक्रमित भएका छन् ।

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro