site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी स्थानमा सडक अझै अवरुद्ध (सूचीसहित)
ललितपुरको टीकाभैरवको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । हालैको अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छ । काठमाडौंसहितका केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाली प्रहरीले जनाएको छ ।

साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान ८ बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार, काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध छ । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लेले, टीकाभैरव जाने बाटो पहिरोका कारण अवरुद्ध छ ।

ट्राफिक प्रहरीका अनुसार, ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारीसाधन आज पनि चल्न सकेका छैनन् । पुलनजिकै सडक भासिएकाले सवारी आवागमन प्रभावित भएको हो ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथ हुँदै उपत्यका भित्रने र बाहिरिने सवारीसाधन पनि चल्न सकेका छैनन् ।

काभ्रेपलाञ्चोकका विभिन्न स्थानहमा रोशीखोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग केही दिनअघिदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका–२ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गमा आवागमन अवरुद्ध छ ।

रामेछापको मन्थली नगरपालिका–६ स्थित सुनकोसी नदीको पुल र खाडादेवी गाउँपालिका–१ को खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली र सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारीसाधनको आवागमन पनि पूर्ण रूपमा रोकिएको छ ।

सगरमाथा राजमार्गअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।

मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामाथिको बेलीब्रिज बाढीले बगाउँदा आवतजावत रोकिएको छ ।

विस्तृत सूची हेर्नोस्–

s1-1727926532.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro