site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली याक्सका निर्देशक घिमिरे भन्छन्– निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद सन्देश

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले निजी क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद सन्देश भएको बताएका छन् । 

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी आठ क्लबको मालिक सार्वजनिक गरेको थियो । 

कार्यक्रममा बोल्दै कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले भने, "निजी क्षेत्रलाई खेलसँग जोड्ने काम गरेकोमा क्यानलाई बधाई दिन चाहन्छु । यो सुखद सन्देश हो । अब, नेपाली क्रिकेटले विकासमा ठूलो फड्को मार्ने छ ।"

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सोमबारमात्रै टिम नाम, लोगो र प्रशिक्षक सार्वजनिक गरेको थियो । कर्णालीको प्रतिनिधित्व गर्ने याक टिमको लोगोमा समावेश गरिएको छ । 

यस्तै, टिमको प्रशिक्षकमा पूर्वकप्तान तथा नेपाली राष्ट्रिय ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिएको छ । मल्ल कर्णाली याक्सका टिम निर्देशन पनि हुन् । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्कीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । 

निर्देशक घिमिरेले कर्णाली याक्सका लागि स्पोन्सर खोज्दै जाँदा नेपाली क्रिकेटको प्रशंसा अत्याधिक पाएको सुनाउँदै नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको प्रस्ट पारेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro