site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थाई एयर एसियाले नेपालमा उडान थाल्यो

काठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर एसियाको विमान अवतरण भएसँगै नियमित उडान सुरु भएको हो ।

थाई एयर एसियाले नेपालमा पहिलोपटक उडान सेवा थालेको हो । कम्पनीले काठमाडौंपछिबैंककबाट भैरहवा उडान गर्ने अनुमति पाएको छ ।

Dabur Nepal
NIC Asia

पहिलो उडानमा बुधबार बैंककबाट १५६ यात्रु काठमाडौं आएका थिए । काठमाडौंबाट १५९ यात्रु बैंकक जाने छन् ।

थाई एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिएको थियो ।

थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल एन्ड टुर्स रहेको छ  । कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, भियतनाम, इन्डोनेसिया,लाओस,श्रीलंकालगायत एसियाली मुलुकमा उडान गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro