site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘१२ गाउँ’को ट्रेलरमा बुवा र छोराको एक्सन 

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते रिलिज हुने चलचित्रको आज ट्रेलर सार्वजनिक भएको हो । 

ट्रेलर एक्सनपूर्ण सिनले भरिएको छ । विराज भट्ट र समीर भट्टको एक्सन ट्रेलरमा देखाइएको छ । ट्रेलरमा समीरले भन्दा विराजले बढी समय अकुपाइ गरेका छन् । 

सार्वजनिक ट्रेलरमा समीरको सिक्सप्याक्ड बडी शो गरिएको छ । विराज र समीर बुवाछोरा हुन् । चलचित्रमा सिनेमाका मुख्य कलाकार पनि अटाएका छन् । 

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेव्यु गरेका छन् । 

विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । 

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro