site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवन शक्तिबाट खेल्ने विदेशी खेलाडी नेपाल आइपुगे

काठमाडौं । चितवन शक्तिबाट एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्ल्यूभीएल) खेल्न तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । दुई भारतीय खेलाडी केपी अनुश्री र सूर्य सरसुरी र रुसबाट अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् ।

तीनै विदेशी खेलाडीले आएर प्रशिक्षण सुरु गरिसकेका टिमले जानकारी गराएको छ । चितवन शक्तिबाट अनुश्री र डिभित्रीभाले स्पाइकरका रूपमा खेल्नेछन् । सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् ।

यही असोज १४ देखि १९ गतेसम्म वुमन्स भलिबल लिग हुनेछ । चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्डर्ससँग सोमबार साँझ ७ः४५ मा दशरथ रंगशाला परिसरको कभर्ड हलमा खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro