site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
झ्याप्लेखोलामा भीषण पहिरो : दुई गाडीबाट निकालियो १४ शव
SkywellSkywell

काठमाडौं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा शनिबार ठूलो पहिरो खसेको छ । पहिरोमा केही गाडी पुरिएको छ ।

पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी छ । पहिरोमा पुरिएका दुई गाडीबाट आठ पुरुष, पाँच महिलासहित १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

jhyaplekhola-(5)-1727535805.jpg
 

सशस्त्र प्रहरीका अनुसार, लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच शव निकालिएको छ । अल्फाबेट, नम्बर केही नखुलेको बसबाट नौ गरी १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

jhyaplekhola-(6)-1727535805.jpg
एउटा हायस र भारतीय नम्बरप्लेटको मालवाहक ट्रक पनि पहिरोबाट निकालिएको छ । दुई जेसीबीको सहायतामा पहिरो पन्छाउने कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

jhyaplekhola-(3)-1727535804.jpg
त्रिभुवन राजमार्गअन्तर्गत काठमाडौंको चन्दागिरि नगरपालिका–२ र धादिङको धुनिबेँसी नगरपालिका–९ स्थित सिमानामा पर्ने नागढुंगा–नौबिसे सडकखण्डको झ्याप्लेखोलामा पहिरो खसेको हो ।

jhyaplekhola-(4)-1727535804.jpg
लेदो बगिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । पुरिएका बस निकाल्ने प्रयास जारी रहेको र प्रहरीले थप क्षतिको आशंका गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro