site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुरुकुलमा थुनिएका ३३ जनाको उद्धार
मनोहराखोलामा आएको बाढीले शनिबार डुबानमा परेको काठमाडौंको कोटेश्वर, बालकुमारीस्थित राधाकृष्ण मन्दिर । तस्बिर : किरणराज बिष्ट/रासस ।

सिन्धुली । बाढीका कारण थुनिएका सिन्धुलीको सुनकोसी गाउँपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो ।

सुनकोसी नदीको बीचभागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनीहरू शुक्रबार रातिदेखि सुनकोसीको बाढीमा फसेका थिए । सुनकोसी र रोशीखोलाको बाढी मन्दिर रहेको क्षेत्रमा पसेपछि उनीहरू बीचभागमा थुनिएका थिए ।

मन्दिरको चारैतिर बाढी पसेपछि सुरक्षित स्थानमा जान नसकेका गुरुकुलका सबैजनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए ।

रोशी र सुनकोसी नदीको बाढीले सुनकोसी–५, मुल्कोट र गोलञ्जोर गाउँपालिका–७, खुर्कोट बजार समेत डुबानमा परेको छ । दुम्जाका पाँच घर बाढीले बगाएको छ । दुम्जा र नेपालथोक बीचको बीपी राजमार्गको केही भाग बाढीले बगाएको छ । हाल उक्त क्षेत्रमा यातायात सेवा बन्द छ । रासस

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro