देश
काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट प्रहरीले २८१ जनाको उद्धार गरेको छ । अविरल वर्षाका कारण आएको बाढि र पहिरोमा परेर फसेका २८१ जनाको उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
सानेपाको क्षेत्रबाट ७७, नक्खु हार्मोनी कोलोनीबाट १४, नख्खिवोट क्षेत्रवाट १५, बुङमती क्षेत्रबाट ७५, चापागाँउ क्षेत्रबाट ५५, यूएन पार्कबाट एक र इमाडोल क्षेत्रबाट २८ जनाको उद्धार गरिएको प्रहरीको जानकारी दिएको छ ।
एघार सय प्रहरी उद्धारका लागि परिचालन गरिएको छ ।
प्रहरीका अनुसार विभिन्न स्थानबाट ११ जना बेपत्ता भएका छन् । नौजनाको शव फेला परेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १२:२६
प्रतिक्रिया दिनुहोस्