site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्बाट काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीनजनाको मृत्यु भएको हो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले वर्षाजन्य विपद्का घटनामा परी पाँचजना बेपत्ता भएका छन् । नौ जना घाइते भएका छन् । 

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए । 

 बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।
 
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा ९३० र भक्तपुरमा १२० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए । 

विपद्को जोखिमका आधारमा काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro