site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकाबाट ७५० जनाको सकुशल उद्धार : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरोलगायत प्राकृतिक विपदमा परेका ७५० जनाको सकुशल उद्धार गरिएको बताएका छन् । 

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीसँग गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले ७५० भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए । 

बाढी पहिरोको जोखिममा परेका नागरिकको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको उनले बताएका छन् । 

“दुईजनाको नेपाली सेनाको हेलिकोप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ,” गृहमन्त्री लेखकले भने, “मुलुकमा ठूलो विपद्को स्थिति आएको छ ।”

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । 

“ठूलो जनधनको क्षति भएको छ,” उनले भने, “उद्धार, राहतलगायत विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।”

उनले वर्षाका कारण काठमाडौंका सडक अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न निर्देशन समेत दिए । 

“विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ,” उनले भने, “ बाढी, पहिरोलगायत विपद् सम्वन्धी पूर्वसूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।”


उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए । 

“खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो,” उनले भने, “स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकोप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro