site stats
बाह्रखरी :: Baahrakhari
देश
कुलेखानी ड्याम भरियो, एउटा ढोका खोलियो

काठमाडौं । कुलेखानी जलशयमा जलसतह भरिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएको हो । 

ओभर फ्लो भएपछि एउटा ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।  अवस्था हेरेर अर्को ढोका पनि खोल्ने तयारी रहेको उनको भनाइ छ । 

कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो । पानी परेसँगै विद्युत् उत्पादन समेत भइरहेको भट्टले बताएका छन् । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले शुक्रबार नै बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कुलेखानेस्थित इन्द्रसरोवर ताल भरिन लागेकाले आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो । 

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको थियो । 

अविरल वर्षाले कुलेखानी भरिनै लाग्यो, जुनसुकै बेला ड्यामको ढोका खोलिने 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्