site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अविरल वर्षाले कुलेखानी भरिनै लाग्यो, जुनसुकै बेला ड्यामको ढोका खोलिने 

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कुलेखानेस्थित इन्द्रसरोवर ताल भरिन लागेकाले आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको हो । 

“इन्द्रसरोवर ताल पूरै भरिने अवस्था छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जानकारी अनुसार सो ताल भरिएपछि ओभरफ्लो हुने तथा ड्यामको ढोका जुनसुकै बेला पनि खोल्न सकिने अवस्था आउने भएकाले कुलेखानी खोला आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दाहरू नदी आसपास नजानुहुन जानकारी लागि अनुरोध गरिन्छ,” गाउँपालिकाले भनेको छ ।

 

गाउँपालिकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाइ सुरक्षित स्थानमा बस्न अनरोध गरेको छ । साथै कुनै समस्या परेमा सिस्नेरी प्रहरी चौको मोबाइल नम्बर ९८४५२५३०५४, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन केन्द्रको मोबाइल नम्बर ९८५१०५४९४५ र खानिखेत प्रहरी चौकीको मोबाइलम नम्बर ९८५५०७१९०२ मा सम्पर्क गर्न गाउँपालिकाले भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro