
काठमाडौं । आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । खेलमा एपीएफले आर्मीलाई २५–२०, २५–१३ र २५–१६ मा हरायो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ । जसअन्तर्गत समूह ए मा एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह बी मा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् । विजेताले चार लाख ९९ हजार, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।