site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिनाचिरफार मस्तिष्कघातको उपचार गरिने 'न्युरोइन्टरभेन्सन' विधि के हो ? कति लाग्छ खर्च ?

काठमाडौं । टाउकोका विभिन्न भागमा शल्यक्रिया गरी लामो समय लगाएर मस्तिष्कसम्बन्धी समस्याको उपचर गर्ने पद्धति अझै पनि प्रयोगमा छन् । तर, पछिल्लो समय नेपालमा पनि बिनाशल्यक्रिया मस्तिष्काघातको उपचार भइरहेको छ, जसलाई भनिन्छ– न्युरोइन्टरभेन्सनल  वा इन्टरभेन्सन सेवा ।

के हो न्युरोइन्टरभेन्सन विधि ?

खुट्टालगायत विभिन्न अंगका नसाबाट तार (क्याथेटर) छिराएर मस्तिष्कको नसासम्म पुर्‍याएर त्यसमा समस्याको उपचार गरिने पद्धति न्युरोइन्टरभेन्सन विधि हो । विभिन्न कारणले मस्तिष्काघात भएका व्यक्तिहरूको उपचारमा यो विधि प्रयोग गरिन्छ ।

Dabur Nepal
NIC Asia

इन्टरभेनसन विधि मस्तिष्कसम्म रक्तसञ्चार गर्ने नसाहरूमा आइपर्ने समस्याको उपचारका लागि प्रयोग गरिन्छ । जसमा रक्तनलीमा रगत जमेर हुने मस्तिष्काघात (इस्केमिक स्ट्रोक), नसा फुलेर वा नसामा रगत जमेर हुने आदि पर्छन् ।

नसामार्फत मस्तिष्कमा पुर्‍याइएको क्याथेटरले व्यक्तिको समस्याअनुसार फरकफरक कामहरू गर्छ । नेपालमा यो उपचार पद्धति सन् २०१९ बाट सुरु भएको थियो । 

न्युरोइन्टरभेन्सन विधि मस्तिष्कसम्बन्धी अन्य शल्यक्रियाको विकल्प हो ?

न्युरोइन्टरभेन्सन विधि मस्तिष्कसम्बन्धी समस्याको उपचारमा प्रयोग भइरहेको सबैभन्दा पछिल्लो प्रविधि हो । यसभित्र पनि विभिन्न पाँचवटा विधि हुन्छन् । व्यक्तिको समस्या हेरेर यी विधिहरूको प्रयोगबाट उपचार गरिन्छ । तर, मस्तिष्काघात वा मस्तिकको नसासम्बन्धी सबै समस्यामा यो विधिमात्रै प्रयोग नहुन सक्छ । यो बिरामीको अवस्थामा निर्भर रहन्छ ।

कति खर्चिलो छ त इन्टरभेन्सन उपचार विधि ?

न्युरोइन्टरभेन्सन विधि अन्य शल्यक्रियाको तुलनामा भरपर्दो तर महँगो उपचार विधि हो । नेपालका ठूला न्युरो अस्पतालहरूमा यो उपचार विधिबाट बन्द भएको नसा खोल्न दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । त्यस्तै, नसा सुन्निएर फुटेको अवस्थामा  दुईदेखि १० लाखसम्म खर्च हुन सक्छ । यो बिरामीको अवस्थामा भर पर्दछ ।

मस्तिष्काघात विश्वभर हुने मृत्युको तेस्रो कारण हो, अपांगताको पहिलो कारण हो । सामान्यतया मस्तिष्काघात भएको २४ घण्टाभित्र उपचार नपाए व्यक्तिमा कुनै न कुनै अंगको पक्षघात हुने सम्भावना धेरै हुन्छ ।

तर, इन्टरभेन्सन विधिबाट गरिएको उपचारमा व्यक्ति २४ घण्टापछि उपचारमा आइपुग्दा पनि मृत्यु हुने र अपांगता हुने दुवै सम्भावनाबाट टाढा हुन्छ ।

नेपालको हकमा मस्तिकाघातको पहिचान नै ढिलो हुने भएकाले अपांगता र मृत्यु बढी हुने गरेको पाइएको छ । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालको तथ्यांक हेर्ने हो भने मस्तिष्काघातसम्बन्धी समस्या लिएर आउनेमध्ये ७ देखि १० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । 

कसरी जोगिने मस्तिष्काघातबाट ?

मस्तिष्कमा रगत पुर्‍याउने रक्तनलीमा विभिन्न कारणले अवरोध भए वा रक्तनली फुट्न पुगेमा मस्तिकाघात हुन्छ । यसरी हुने रक्तसञ्चारको अवरोधले गर्दा प्रत्येक दुई मिनेटमा २० लाख कोषिका मर्ने गर्छन् ।

यसै हिसाबले २४ घण्टासम्म उपचार नपाए सबै कोसिकाहरू मर्छन् । परिणामस्वरूप व्यक्तिको मृत्यु वा अपांगता हुन सक्छ । तर, २४ घण्टाभित्र उपचार पाएका अधिकांश व्यक्तिको उपचार सम्भव हुने विशेषज्ञहरू बताउँछन् । सामान्यतया मष्तिकाघातका लक्षणहरू केही ढिलो थाहा हुने प्रकारका हुन्छन् । तर, यीमध्ये कुनै पनि लक्षण देखापरे बिरामीलाई तुरुन्त उपचारमा लैजान विशेषज्ञहरू सुझाउँछन् ।

  • शरीर सन्तुलन नहनु, रिंगटा लाग्नु,
  • एक्कासि आँखा धमिलो देख्नु,
  • अनुहारका विभिन्न भागहरू बांगिनु,
  • हातखुट्टा लुलो हुनु,
  • बोली लरबराउनु । 

यीमध्ये कुनै पनि लक्षण ५० वर्ष नाघेका, उच्च रक्तचाप भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, परिवारमा मस्तिष्काघात भएका मधुमेहका बिरनमी, धूम्रपान मद्यपान सेवन गर्ने व्यक्तिलगायत जो कोहीलाई पनि हुन सक्छ । मस्तिष्काघातमा जति चाँडो उपचार त्यति नै राम्रो परिणाम आउँछ । त्यसैले भन्ने गरिन्छ– टाइम इज ब्रेन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro