site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशी चलखेल बढ्दै छ, राष्ट्रिय स्वाधीनतामाथि चुनौती खडा भएको छ : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले विश्वमा देखिएको अस्वस्थ प्रतिष्पर्धाले असर गरेको बताए ।

“नेपालको राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढ्दै गएका छन् । विदेशी शक्ति केन्द्रको चलखेल बढ्दै छ । राष्ट्रिय स्वाधीनतामाथि चुनौती खडा भएको छ,” उनले भने ।

उनले भारत र चीनसँगको भूराजनीतिक अवस्थितिको केन्द्रविन्दु नेपाल हुन सक्ने खतरा रहेको बताए । दक्षिण एसियालाई कब्जामा लिन शक्ति केन्द्र लागिरहेको दाबी उनको छ ।

प्रचण्डले विद्यार्थीहरू नयाँ आन्दोलन, कार्यक्रम लिएर जानुपर्ने भनाइ राखे । उनले आफूहरूले सरकारमा रहँदा भ्रष्टाचार, भूमाफियाविरुद्ध महाभियान छेडेको जिकिर गरे ।

उनले विद्यार्थी संगठनलाई सडकको बाघ भएर निस्कन पनि अपिल गरे । प्रचण्डले केही सयममा नै कम्युनिस्ट एकता र मोर्चाबारे नयाँ खबर दिइने बताए ।

“केही समयभित्र तपाईंहरूले नयाँ समाचार सुन्नुहुने छ । एकता र मोर्चाको त्यो अभियानमा हामी लागिरहेका छौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro