site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'इगो'का कारण सभापतिमाथि प्रहार भयो, एकजुट भएर सामना गर्छौं : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति व्यक्ति नभएर संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए । आफूहरू सभापतिका लागि एक ठाउँमा रहेको उनको भनाइ छ ।

"नौ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज आठ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र, यो एक स्वरले यो अप्ठेरो घडीमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ," उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro