देश
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शका निम्ति मेला सञ्चालन अनुमति माग्दा विदेश पठाएको विवरण पेस गर्नुपर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग शैक्षिक मेलामार्फत परामर्श दिन अनुमति माग्दा यस्तो विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको हो । साथै नवीकरण प्रक्रिया पूरा गरेका संस्थाहरूलाई मात्रै मेलामा सहभागी गराइने मन्त्रालयले जनाएको छ ।
परामर्श सेवापछि विदेश गएका विद्यार्थीले समस्या परेको प्रमाणसहित उजुरी गरे त्यस्ता संस्थाको स्वीकृति रद्द गरिने पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १५:४१
प्रतिक्रिया दिनुहोस्