site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यालिफोर्नियाका स्कुलमा स्मार्टफोनमाथि प्रतिबन्ध लगाउने कानुन पारित

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यले स्कुलमा स्मार्टफोनमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । अत्यधिक स्मार्टफोनको प्रयोगले मानसिक रोगको जोखिम बढाउने र सिकाइमा बाधा पुर्‍याउने भन्दै राज्यले यस्तो कानुन अघि सारेको हो ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले यो कानुनमा सोमबार हस्ताक्षर गरेका छन् । यो वर्ष अमेरिकाका १४ राज्यले स्कुलमा फोनमा प्रतिबन्ध तथा नियन्त्रण गरेका छन् ।

सन् २०२३ मा फ्लोरिडा राज्यले सुरुमा यस्तो निर्णय गरेको थियो । केही राज्यले शिक्षकलाई स्कुलमा फोन प्रयोग गर्न नदिन निर्देशन दिएका छन् ।

क्यालिफोर्नियामा मात्र ५९ लाख स्कुले विद्यार्थी छन् ।

यसै महिना अमेरिकी सर्जन जनरल विवेक मुर्तीले चुरोटको प्याकेटमा क्यान्सरको जोखिम भनेर लगाइएजस्तै सोसल मिडिया प्लेटफर्ममा मानसिक समस्या हुन सक्ने चेतावनीको लेवल लगाउन माग गरेका थिए । उनले दैनिक तीन घण्टाभन्दा बढी समय स्क्रिनमा बिताउनेलाई मानसिक समस्याको जोखिम उच्च रहने जामा जर्नललाई उद्धृत गर्दै यस्तो माग गरेका थिए ।

क्यालिफोर्नियामा कानुन पारित भएसँगै अब स्कुल बोर्ड तथा नियामक निकायले विद्यालयमा फोनको प्रयोगमा रोक लगाउन नीति बनाउनुपर्ने भएको छ । रोयटर्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro