site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आफ्ना नागरिकलाई इजरायल छोड्न चीनको आग्रह 

बेइजिङ । इजरायल र लेबनानको इरान समर्थित लडाकु समूह हेजबुल्लाहबीचको तनाव बढ्दै जाँदा चीनले आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ ।

हाल, इजरायल–लेबनान सीमामा अत्यन्त तनावपूर्ण स्थिति रहेको तथा बारम्बार बढ्दो सैन्य द्वन्द्वको सम्भावना देखाउँदै इजरायलस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षाको लागि स्थानान्तरणको निर्देशन दिएको हो ।  

Dabur Nepal
NIC Asia

नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न आह्वान गर्दै जारी गरिएको विज्ञप्तिमा इजरायलको सुरक्षा अवस्था गम्भीर भएको उल्लेख गरिएको छ । 

यसैबीच, इजरायल र हेजबुल्लाहले आइतबार दुवै पक्षलाई पूर्ण युद्धबाट पछि हट्न अन्तर्राष्ट्रिय आह्वानको बाबजुद सीमापार आक्रमण बढाउने धम्की दिएका छन् ।

दक्षिणी बेरुतको सघन जनसंख्या भएको हेजबुल्लाहको गढमा शुक्रबार इजरायली हवाई आक्रमणमा हेजबुल्लाहको कुलीन रादवान फोर्सका प्रमुख इब्राहिम अकील मारिएका थिए  । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro