site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘स्त्री–२’ बन्यो भारतमा सर्वाधिक कलेक्सन गर्ने सिनेमा

काठमाडौं । बलिउड सिनेमा ‘स्त्री–२’ भारतमा सर्वाधिक नेटकलेक्सन गर्ने चलचित्र बनेको छ । एक महिनाअगाडि रिलिज भएको यो चलचित्रले ६०४.२२ करोड भारतीय रुपैयाँ नेटकलेक्सन गरेको छ । 

पहिलो हप्ता ३०७.८० करोड, दोस्रो साता १४५.८०, तेस्रो हप्ता ७२.८३ करोड कलेक्सन गरेको थियो । चौथो साता ३७.७५ करोड, पाँचौं साता २५.७२ र छटौँ हप्ताको विकेन्डसम्म १४.३२ करोड ग्रसकलेक्सन गरेको बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शले जनाएका छन् । 

Dabur Nepal
NIC Asia

राजकुमार राव र श्रद्धा कपुर अभिनीत ‘स्त्री–२’ भारतमा सर्वाधिक कमाइ गर्ने हिन्दी सिनेमा बनको हो । तरणले एकपछि अर्को दिन र एकपछि अर्को हप्ता नयाँनयाँ रेकर्ड बनाउँदै भारतमा ‘स्त्री–२’ले ऐतिहासिक नेटकलेक्सन गरेको बताएका छन् । 

‘हरर–कमेडी’ सिनेमा ‘स्त्री–२’ले साहरूख खान अभिनीत ‘जवान’लाई पनि उछिन्दै नयाँ रेकर्ड बनाएको हो । 

‘स्त्री–२’मा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनर्जी मुख्य भूमिकामा छन् । यो सिनेमा करिब ६० करोड भारूमा बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro