site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्टबाट छनोट

ललितपुर । सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छन् । जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रममार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् ।

करिब ४५ सहभागीबाट उनी छनोट हुन सफल भएकी हुन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा क्षेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे ।   

Dabur Nepal
NIC Asia

ललितपुरस्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्रा हुन् । उनको बुवा सिंगापुर प्रहरी भएकोले उनको बाल्यकाल सिंगापुरमै बितेको थियो । उनले सिंगापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाएकी थिइन् ।

पहिलोपटक व्यावसायिक भलिबलतर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन् । "ठुलो प्रतियोगिताबाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै नर्भस पनि महसुस हुँदै छ," छनोट भएपछि ज्याक्युशाले भनिन् ।

पाँच फिट ८ इन्च कद भएकी आउटसाइड हिटर खेल्छिन् ।       

ज्याक्युशाको आगमन सँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेको छ । विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वाजनिक गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro