देश
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । काठमाडौंबाट पक्राउ परेका जोशीलाई आजै विमानमार्फत पोखरा ल्याइएको हो ।
पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा उनको स्वास्थ्य जाँच गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
उनलाई सोमबार जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ ।
गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ २२:१०
प्रतिक्रिया दिनुहोस्