site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पक्राउ परेका जोशीलाई आजै पोखरा ल्याइँदै
SkywellSkywell

पोखरा । गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई आजै पोखरा ल्याउने तयारी गरिएको छ । आइतबार काठमाडौंबाट पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई आज साँझ ८ बजेतिर पोखरा ल्याउने तयारी गरिएको हो ।

प्रहरी स्रोतका अनुसार, जोशीलाई साँझ ८ बजे बुद्ध एयरको उडानमार्फत पोखरा ल्याइने छ ।

Dabur Nepal
NIC Asia

संसदीय समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा जोशीलाई पनि कारबाही सिफारिस गरेको थियो । विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिको निष्कर्ष छ । सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदन अनुसार, सुरुमा जीबी राई र जोशीको आधा–आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसअघि उनीहरू नेटवर्किङ व्यवसायमा साझेदार थिए । जोशीले नै बयानमा आफ्नो १५ प्रतिशत सेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएको बताएका थिए ।

प्रतिवेदन अनुसार, छविले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । वीरगन्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैयाँ ऋण लिएका थिए ।

समितिले जीबी राईसहित कुमार रम्तेल, रवि लामिछाने र जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro