site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मधेस युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीना

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल)का निम्ति मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ । गएको शुक्रबार वीरगन्जको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेस टिमका मुख्य प्रशिक्षक भरत यादव र व्यवस्थापकको समूहले मीनालाई छनोट गरेको हो ।

एकदिने ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नखेलेका प्रतिभावान् खेलाडीहरू उपस्थित थिए । तर, ट्यालेन्ट हन्टबाट एक खेलाडी मात्र छनोट गर्ने कार्यक्रमानुसार मीना छानिएकी हुन् ।

Dabur Nepal
NIC Asia

उनले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने पहिलो संस्करणको ईडब्ल्यूभीएलमा मधेस युनाइटेडको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

योसँगै मधेस १२ खेलाडीको कोटा पूरा गर्ने पहिलो टिम समेत बनेको छ । आयोजकको नियमानुसार हरेक टिममा १२ खेलाडी हुनेछन् । तीमध्ये मार्कीसहित आठ खेलाडी ड्राफ्टमार्फत टिममा राखिएको थियो । तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ ।

मधेसले विदेशी खेलाडीमा काजखस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै, नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेस युनाइटेडकी मार्की प्लेअर छिन् ।

ट्यालेन्ट हन्टबाट छनोटपछि टिम उत्कृष्ट बनेको मधेस युनाइटेडका मुख्य प्रशिक्षक यादवले जनाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro