site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी र वाग्मतीका केही स्थानमा बिहानैदेखि वर्षा 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।   

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा छ । देशभर मनसुनी वायुको प्रभाव रहेको विभागको भनाइ छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro