site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशसभा खारेज, स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिनेसहित प्रस्ताव उल्लेख गरेका छन् ।

प्रतिवेदनमा उनले पछिल्लो समय उनीमाथि उटेका विषयबारे पनि उल्लेख गरेका छन् । लामिछानेले आफूबाट कमजोरी भए पनि अनैतिक र अराजनीतिक काम नभएको जिकिर गरेका छन् ।

प्रतिवेदनमा उनले भनेका छन्,"मान्छेका रूपमा मेरा कैयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ठ हुन्छ भन्ने अनुमान र त्यसको पूर्वतयारी गर्न नसक्नु मेरो कमजोरी हो," उनले भनेका छन् ।

यस्तै, लामिछानेले आफूविरुद्ध प्रमाण भएको बताउनेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बसेको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लामिछानेले गर्दै उनले भनेका छन्, "अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चै होइन रहेछ, तर... भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ," लामिछानेले पार्टीको राष्ट्रिय भेलामा बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

उनले राज्यका सारा संरचना लगाएर आफूलाई 'पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा कांग्रेस आफैँ खसेको, एमाले आफैँ फसेको' दाबी गरेका छन् ।

 

यस्तो छ लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro