site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘प्रदेश जनविरोधी केन्द्र सरकारको लाचार छायाँ’

विराटनगर । ‘हिंसा’ शब्द अवाञ्छित ढंगले प्रतिनिधिसभामा एमालेले उछालेको नेकपा (माओवादी केन्द्र)ले आरोप लगाएको छ । संघीय सरकार माफिया र दलाल नोकरसाहको संरक्षण गर्न बनेको माओवादी कोसीका सांसद गणेश उप्रेतीले बताएका छन् । 

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै प्रदेश सरकारको अवस्था पनि त्यस्तै भएको भन्दै सरकारलाई समर्थन नदिने बताए । उनले भने, “विभिन्न भ्रष्टाचारका काण्ड ढाकछोप गर्न र दलाल नोकरसाहलाई संरक्षण गर्नकै लागि सरकार गठन भएको हो । यो सरकार धेरै लामो समय जानै सक्दैन ।”

Dabur Nepal
NIC Asia

प्रचण्ड नेतृत्वको सरकारले इतिहासमा हुन नसकेको बेग र क्रान्तिलाई अगाडि बढाउन थालेपछि त्यो बेगले बालकोट र बूढानीलकण्ठतिर आफ्नो रफ्तार सोझ्याउन थालेको बताए । त्यसपछि दलाल, भूमाफिया र भ्रष्टहरूले दुई पार्टीलाई मिलाएको अरोप लगाए । 

उनले भने, “भ्रष्टाचारीलाई जेलको चिसो छिँडीमा कोच्ने अभियान जारी भयो । दुई ठूला दलको नेता पनि पुग्ने भएपछि । त्यो लाचार छायाँमा प्रदेशहरू पनि बनेका हुन् ।” उनले ‘जनविरोधी केन्द्र सरकारको लाचार छायाँ बनेको यो सरकारलाई हामीले कसरी विश्वास गर्नु’ भन्दै प्रश्न गरे ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro