site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपालाई विश्वप्रकाशको सुझाव– 'स्वतन्त्र' शब्द हटाएर दलको नयाँ नाम राख
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पार्टीको नाम फेर्न सुझाव दिएका छन् । उनले 'स्वतन्त्र' शब्दलाई हटाएर दलको नयाँ नाम राख्न आग्रह गरेका छन् ।

"नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित सुझाव– कतिपय असन्तुष्टिको माहोलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभयो, एउटा आकार बनाउनुभयो । अब स्वतन्त्र छाडेर दलको नाम जुराउने साहस राख्नुस्," शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारदेखि रास्वपाको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

महामन्त्री शर्माले सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको प्रतिवेदनमा भएका विषयवस्तुलाई रास्वपाका नेताहरूले अपव्याख्या गरेको पनि बताएका छन् ।

"क्लिन चिट कि क्लियर चिट स्पष्ट हुनुस् । प्रचलित कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ । बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नु हुन्छ नै," उनले भनेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro