विदेश
काठमाडौं । समुद्रीमार्ग हुँदै फ्रान्सबाट इंग्ल्यान्ड जान खोज्दा आठजनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार गए राति १ बजे डुंगा बोलोन–सुर–मेरको उत्तरमा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो ।
फ्रान्सेली प्रहरीका अनुसार, उक्त रबरजहाजमा करिब ५० जना सवार थिए । किनारबाट निस्किएको केही समयपछि डुंगा डुबेको हो ।
फ्रान्सेली अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।
दुई साताअघि यही क्षेत्रमा आप्रवासीले भरिएको डुंगा डुब्दा ६ बालबालिका र एक गर्भवती महिलासहित १२ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्