site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चका सुनुवाइ प्रत्यक्ष प्रसारण गर्न माग गर्दै रिट 

काठमाडौं । सर्वोच्च अदालतका सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गर्दै सर्वोच्चमै रिट परेको छ । पर्साको जगरनाथपुरका अनिलकुमार साह र धनुषाको नगराइनका विवेक चौधरीले शुक्रबार दायर गरेको रिटमा सर्वोच्चले सोमबारको पेसी तोकेको छ । 

नेशनल ल कलेजका कानुन संकायका विद्यार्थीद्वय साह र चौधरीले अन्तर्राष्ट्रिय रूपमा पनि सर्वोच्च अदालतका सुनुवाइ प्रत्यक्ष प्रसारण हुने गरेको भन्दै त्यसले नागरिकलाई न्यायिक प्रक्रियासँग नजिक पुर्‍याउने र सुनुवाइको स्वच्छता पनि कायम हुने जिकिर गरेका छन् । 

अदालत सार्वजनिक संस्था भएको तथा खुला सुनुवाइ गर्ने अदालतले खुला सञ्चारलाई स्वीकार गर्नुपर्ने र खुला त्यसलाई स्वीकार गर्दा प्रत्यक्ष प्रसारण समेतलाई स्वीकार गर्नुपर्ने पनि रिटमा जिकिर गरिरहेको छ ।

“वर्तमान समयमा, प्रविधिको तीव्र विकासले जनताको पहुँच र सचेतना विस्तार गर्न विभिन्न सम्भावनाहरू खुला गरेको छ । संसारभरका धेरै देशमा सर्वोच्च अदालतका सुनुवाइहरूलाई प्रत्यक्ष प्रसारण गर्ने अभ्यासले न्यायिक प्रक्रिया पारदर्शी र पहुँचयोग्य बनाएको छ,” रिटमा भनिएको छ, “सार्वजनिक सरोकारको विषयमा न्यायालयको सुनुवाइमा नागरिकहरूले प्रत्यक्ष रूपमा सहभागी हुन र न्यायिक प्रक्रियामा देखिएको पारदर्शिताबाट लाभ उठाउन पाउनु लोकतान्त्रिक समाजको एउटा महत्त्वपूर्ण पाटो हो ।” 

रिटमा नेपालमा पनि मौलिक हकअन्तर्गत सूचनाको हक र सम्मानपूर्वक जीवनयापनको हकलाई प्रवर्द्धन गर्ने सन्दर्भमा न्यायालयको सार्वजनिक सुनुवाइलाई सबै नागरिकले सजिलै सुन्न पाउने वातावरण सिर्जना गर्नु अत्यावश्यक भएको उनीहरूको तर्क छ ।

“आजको युगमा न्यायालयका गतिविधि र निर्णयहरूमा प्रत्यक्ष पहुँच गराएर नागरिकहरूले आफ्नो हक र कर्तव्यको बोध गर्ने मौका पाउँछन् । त्यसैले, सर्वोच्च अदालतको सार्वजनिक सुनुवाइलाई डिजिटल प्लेटफर्ममा प्रत्यक्ष प्रसारण गरेर अदालतको पहुँचलाई विस्तार गर्नु र नागरिकलाई न्यायिक प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी हुन पाउने अवसर उपलब्ध गराउनु महत्त्वपूर्ण छ,” रिटमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro