site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेल्सीको दोस्रो जित, लिभरपुल पराजित 

काठमाडौं । क्रिस्टोफर एन्कुकुको निर्णायक गोलप्रेरित चेल्सीले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथविरुद्ध १–० को साँघुरो जित निकालेको छ । 

शनिबार राति भाइटालिटी रंगशालामा भएको खेलमा एन्कुकुले ८६औँ मिनेटमा निर्णायक गोल गरे । जारी सिजन चौथो खेल खेलेको चेल्सीको यो दोस्रो जित हो ।

जितसँगै चार खेलबाट सात अंक जोडेको चेल्सी तालिकाको सातौँ स्थानमा उक्लिएको छ । चेल्सीले चार खेलमध्ये दुईमा जित निकाल्दा एकमा बराबरी र एक खेलमा हारको नतिजा आत्मसात गरेको छ । 

समान खेलबाट पाँच अंक जोडेको बर्नमाउथ भने तालिकाको ११औँ स्थानमा छ । बर्नमाउथले एक खेलमा जित निकाल्दा दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ ।

शनिबार नै भएको अर्को खेलमा लिभरपुल नटिङ्घम फरेस्टसँग १–० ले स्तब्ध बनेको छ ।

लिभरपुललाई घरेलु मैदान एन्फिल्डमै स्तब्ध बनाउन क्यालम हड्सन–ओडोइले ७२औँ निर्णायक गोल गरे । लिगमा पहिलो हार बेहोरेसँगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग तीन अंकले पछि परेको छ । 

चार खेलबाट नौ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । जुन समान खेलबाट १२ अंकसहित शीर्ष स्थानमा आसिन सिटीको भन्दा तीन अंक कम हो । 

लिगमा दोस्रो जित निकालेको नटिङ्घम भने आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । लिगमा हालसम्म अपराजित नटिङ्घमले दुई खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro