खेल
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष महिला खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले जितेकी छन् ।
शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डमा एरिका वर्षको उत्कृष्ट महिला खेलाडी चुनिएकी हुन् ।
यस विद्याको मनोनयनमा एरिका गुरुङसँगै, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी थिए ।
नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ १९:१२
प्रतिक्रिया दिनुहोस्