site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘हिंसा’ संसद्को रेकर्डबाट नहटाएसम्म माओवादीले संसद् चल्न नदिने 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सांसदहरुले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले नेकपा एमालेका सांसदहरुले जनयुद्ध, संघीयता र गणतन्त्रविरुद्ध जसरी अभिव्यक्ति दिएका छन् त्यो शब्दमा मात्रै नभएर नियतमा होच्याउने शैलीको भएको भन्दै संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको जानकारी दिए ।

“शान्ति सम्झौतादेखि सबै कुरालाई अपमान गर्ने गरेर संघीयता, गणतन्त्रसहितको संविधान सबैलाई अपमानित गर्ने काम एमालेका माननीय योगेश भट्टराईले अभिव्यक्ति दिनुभयो,” उनले भने, “हामीले प्रतिवाद पनि गरेका हौँ । जे गर्‍यौँ ठिक गर्‍यौँ ।  हिंसा शब्दमात्रै केन्द्रित गरेर आयो । जनमुक्ति सेना, जनयुद्धलाई अपमानित गरेको कुरा आयो । ३० गते बैठक बोलाइएको छ । तर समस्याको समाधान नहुँदासम्म अवरोध निरन्तरता दिने निर्णय भएको छ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu