site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छचल्किएको ‘खेलकूद कूटनीति’, पीसीबीदेखि बार्सिलोनासँग सहकार्य गर्ने योजना
SkywellSkywell

काठमाडौं । सरकारले १७ देशको लागि नेपाली राजदूतमा सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइ सकिएको छ ।  संघीय संसदको संसदीय सुनुवाइ समितिले ती नाम अब अनुमोदन गर्न बाँकी छ । सम्भवतः यसै साता समितिले राजदूतको नाम अनुदमोदन गर्नेछ । 

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरुले समितिमा कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजना दुई पृष्ठदेखि २० पृष्ठसम्मका थिए ।  केही प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजनामा ‘खेलकुद कूटनीति’ (स्पोट्स डिप्लोमेसी)लाई समेटेका थिए । 

प्रस्तुतिका क्रममा खेलकूदप्रति उनीहरुको बुझाइभन्दा ठूला खेलकुदका योजना उनीहरूले समितिको बैठकमा सुनाएका थिए ।  प्रस्तावित राजदूतहरुले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) देखि स्पेनिस क्लब बार्सिलोना र रियड मड्रिडसम्म सहकार्य गर्ने योजना सुनाएका थिए ।

Dabur Nepal
NIC Asia

“म पुरानो फुटबल र क्रिकेट खेलाडी हुँ । क्रिकेटमा दक्षिण अफ्रिका र नेपालको नेपाल क्रिकेट संघ (क्यान)बीच सम्बन्ध विस्तार गर्ने लालसा छ,” दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिलमान श्रेष्ठले सुनुवाइका क्रममा भने ।

उनी यत्तिमै रोकिएनन् । क्रिकेटको माध्यमबाट नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध थप मजबुद बन्ने दाबी उनले गरे । नेपाली क्रिकेटको गुणस्तर वृद्धि गर्न दक्षिण अफ्रिकासँग क्रिकेटमा सहकार्य गर्ने प्रयास आफूले गर्ने उनले बताए । 

“नेपालमा क्रिकेट खेलको स्तर बढाउन दुवै पक्षको हित हुनेगरी क्यान र दक्षिण अफिकाबीच सम्बन्ध मजबुत बनाउने पहल मबाट हुनेछ,” श्रेष्ठले भने । 

संसदीय सुनुवाइ समितिमा चर्चा क्रिकेटको मात्र भएन ।  फुटबलका योजना पनि पेश गरिएका थिए । स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले स्पेनका ठूला क्लब रियल मड्रिड र बार्सिलोनासँग सहकार्य गर्न सकिने दाबी गरे । 

नेपालले नेपाली खेलाडीलाई प्रशिक्षण दिलाउन स्पेनसि क्लब बार्सिलोना र रियल मड्रिडसँग सहकार्य गर्न सकिने बताएका थिए । 

“स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनासँगको सहकार्यमा नेपाली खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ । प्रशिक्षण नेपाली खेलाडीलाई स्पेन लगेर दिन सकिन्छ र स्पेनबाट प्रशिक्षक नेपाल ल्याएर पनि खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ,” कार्ययोजना प्रस्तुत गर्दै नेपालले भनेका थिए ।

केही महिनाअघि सरकारले नेपाललाई पोर्चुगलको लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।  सत्ता गठबन्धन फेरिँदा नियुक्त भइसकेपछि पोर्चुगल नजादै उनलाई सरकारले फिर्ता बोलाएको थियो ।  सत्ता गठबन्धन पुनः फेरिदा उनी पुनः राजदूतमा सिफारिस भएका थिए । 

पोर्चुगलको लागि राजदूत नियुक्त हुने क्रममा भएको सुनुवाईमा उनले पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउने बताएका थिए । 

सरकारले पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई फिर्ता बोलाएर स्पेनको लागि सिफारिस गरेपछि परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेलले पोर्चुगलको लाग राजदूतमा सिफारिस गरिएको थियो ।

सुनुवाइका क्रममा पौडेलले पनि पोर्चुगलसँग खेलकूदको क्षेत्रमा अनुभवको आदानप्रदान सम्बन्धी कार्य गर्न सकिने बताएका थिए ।

“खेलकुद, खासगरी फुटबलको क्षेत्रमा एक विश्वशक्ति राष्ट्र भएकोले पनि नेपालले त्यहाँ(पोर्चुगल)को अनुभवबाट आफ्ना खेलाडीहरुका लागि प्रशिक्षण तथा अन्य सहयोग लिन सक्ने देखिन्छ,” पौडेलले भने । 

नेपालको खेल क्षेत्र सार्क क्षेत्रमा प्रतिस्पर्धी कोटीमै पर्ने हुँदा नेपाली खेलाडीको स्तर वृद्धि गर्न थप तालिमको लागि सहयोग आदानप्रदानका लागि आवश्यक पहल गर्ने उनले बताए ।

पाकिस्तानको लाग प्रस्तावित राजदूत रिता धितालले नेपाली क्रिकेट टोलीको प्रशिक्षणको लागि विशेष पहल गर्ने बताइन् । 

परराष्ट्र मन्त्रालयकी सहसचिव धितालले सीमित पूर्वाधार र स्रोत साधनका बीच छोटो समयमा नेपाली क्रिकेटले ठूलो सफलता हासिल गरेको बताइन् । सबैले नेपाली क्रिकेटको प्रशंसा गर्नुपर्ने पनि उनको धारणा थियो ।

“क्रिकेट खेलमा पाकिस्तानले गौरवमय इतिहास रहेको छ । यस सन्दर्भमा पाकिस्तानमा नेपालको राष्ट्रिय किक्रेट टोलीलाई प्रशिक्षणका लागि पहल गर्नेछु,” धितालले आफ्नो योजना सुनुवाइका क्रममा सुनाएकी थिइन् ।

राजदूत नियुक्त भए कार्यभार सम्हाल्न पाकिस्तान जानुअघि नेपाल क्रिकेट संघका पदाधिकारीलाई भेटी आवश्यक छलफल गरेर जाने उनले बताइन् ।  पाकिस्तान गएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)समक्ष पनि आफ्नो योजना राख्ने उनले सुनाइन् । 

“नेपाल क्रिकेट संघ र पाकिस्तान क्रिकेट बोर्डसँग समन्वय गरेर अघि बढ्छु,” धितालले भनेकी थिइन् । 

खेलकुदका योजना सुनाउनेमा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई पनि थिए । क्रिकेटमा नेपाल र श्रीलंकाबीच सहकार्य गर्न सकिने उनले बताएका थिए । 

“क्रिकेट लगायतका कतिपय खेलमा नेपालको लागि श्रीलंकाको अनुभव र प्रविधि आवश्यक हुने हुँदा खेलकुदमा सहकार्यको वातावरण निर्माणको लागि आवश्यक पहल गर्नेछु,” भट्टराईले संसदीय सुनुवाइ समितिको बैठकमा भनेका थिए । 

सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्ने क्रममा कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले कतारसँग पनि खेलकुदमा सहकार्य गर्नुपर्ने बताए ।

कतारका अमिरले नेपाल भ्रमण गर्दा अप्रिल २४, २०२४ मा नेपाल र कतारबीच ‘युवा तथा खेलकुद सम्बन्धी क्रियाकलापको आदान–प्रदान गर्ने बारेको समझदारीपत्र’ मा हस्ताक्षर भएको थियो । 

सोही ससमझदारीपत्रलाई आधार बनाएर कतारसँग खेलकुदको क्षेत्रमा सहकार्य गर्न सकिने दाबी उनको थियो । 

“हालै भएको दुई देशबीचको समझदारी कार्यन्वयन गर्ने क्रममा नेपालमा स्टेडियम निर्माण, खेलाडी आदान प्रदान, खासगरी दुवै देशमा क्रिकेटको लोकप्रियता भएको हुँदा नेपाली खेलाडीहरुलाई समेत सहभागी गराउन कतार क्रिकेट एशोसिएसन लगायतमा छलफल र समझदारी गराउन पहल गर्नेछु,” रमेशचन्द्र पौडेलले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu