site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेन किन गएका हुन् भारत ? सचिवालय देखाउँछ ओलीसँग सम्बन्धको कारण 
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्राको रौनक छ । यो जात्राको आयोजक काठमाडौं महानगरपालिका हो । यति नै बेला महानगर प्रमुख बालेन्द्र शाह (बालेन) भने नेपालमा छैनन् ।

इन्द्रजात्रा समारोहमा महानगरले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिलाई आमन्त्रण गर्छ । इन्द्रजात्रामा उच्चपदस्थलाई महानगरका मेयरले स्वागत गर्ने चलन छ । तर, योपटक मेयर बालेन राष्ट्रपति, प्रधानमन्त्रीलाई स्वागत गर्न काठमाडौंमा छैनन् ।

मेयर बालेन भारतको बैंगलुरुमा छन् । बालेनले बैंगलुरुस्थित विश्वेश्वर्‍या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । बालेनको सचिवालयका अनुसार, आफूले अध्ययन गरेको विश्वविद्यालयका पूर्वविद्यार्थीको भेलामा सहभागी हुन उनी भारत गएका हुन् ।

Dabur Nepal
NIC Asia

हप्ता दिनअगाडि भारत गएका मेयर बालेन इन्द्रजात्राका दिन फर्कने कार्यक्रम थियो । तर, उनी आज काठमाडौं फर्कने कार्यक्रम स्थागित भएको छ ।

पछिल्लो समय बालेन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ‘वाकयुद्ध’ चलेको छ । महानगरले नेकपा (एमाले)का नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्माको काठमाडौंस्थित घरबाट गएको जेठ १४ गते एक बालिकाको उद्धार गरेको थियो ।

सांसद शर्माले बालिकालाई ‘दास’ बनाएर बालश्रम शोषण गरेको भन्दै महानगरले प्रहरीमा उजुरी दिए पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छैन । मेयर बालेनले प्रधानमन्त्री ओलीले नै शर्मामाथिको अनुसन्धान र कारबाही प्रक्रिया रोकेको आरोप लगाएका छन् ।

बालेनको सचिवालय स्रोतका अनुसार, इन्द्रजात्रामा प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने कार्यक्रम छल्न पनि उनी भारत गएका हुन् ।

यस्तै, न्युरोडको फुटपाथ विस्तारका क्रममा स्थानीय आन्दोलित भएका थिए । वसन्तपुरमा इन्द्रजात्रा कार्यक्रममा मेयर उपस्थित हुँदा स्थानीयले नाराबाजी र विरोध गर्न सक्ने आशंका पनि मेयरले गरेका थिए ।

“एकातिर प्रधानमन्त्रीसँगको किचलो, अर्कोतिर न्युरोडका स्थानीयले इन्द्रजात्रा कार्यक्रममा नाराबाजी वा विरोध गर्ने डर थियो,” बालेनको सचिवालयका एक सदस्य भन्छन्, “यी दुवै कुराबाट स्किप हुने मौका बन्यो पूर्वविद्यार्थीको भेटघाट कार्यक्रम ।”

इन्द्रजात्रा कार्यक्रममा मंगलबार बालेनको फोटोअंकित टिर्सट लगाएर गएका केही युवालाई प्रहरीले पक्राउ गरेको छ । “अहिले त मेयर काठमाडौंमा भए पनि तनाव, नभए पनि तनावको अवस्था छ,” ती सदस्यले भने ।

व्यक्तिगत कामका निम्ति भारत गएका उनले उपमेयर सुनीता डंगोललाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । मेयर भएपछि बालेन भारत गएको यो पहिलोपटक भने होइन । गत वर्ष जेठमा पनि उनी भारत गएका थिए ।

भारतले आफ्नो संसद्मा नेपालको भूभाग समेत पर्ने गरी ‘अखण्ड भारत’को नक्सा राख्यो । लगत्तै मेयर बालेनले पनि आफ्नो कार्यकक्षमा भारतको भूभाग समेटिएको ‘ग्रेटर’ नेपालको नक्सा राखे । यो नक्सा प्रकरणबीच उनी भारत गएका थिए ।

बालेनको सचिवालयका अनुसार, उनी त्यति बेला श्रीमतीको उपचारका निम्ति बैंगलुरु नै गएका थिए । “उपचारका लागि त्यतिखेर भारत जानुभएको थियो,” ती सचिवालय सदस्यले भने, “त्यतिखेर पनि एक हप्ताजति बस्नुभएको हो ।”

मेयर भएपछि उनी दुईपटक भारत पुगेका छन् । यी दुवै व्यक्तिगत भ्रमण हुन् । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ अनुसार स्थानीय तहका पदाधिकारीले विदेश भ्रमण गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu