site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पदक विजेता पलेसालाई पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक २०२४ मा कांस्यपदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गरेका छन् । पलेसालाई ६५ लाख रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिएको हो ।

यस्तै, उक्त खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँसहित सम्मान गरियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि छिटोछिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए । उनले आउँदा विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गरे ।

पलेसाले हासिल गरेको सफलता नेपालले प्राप्त गरेको हालसम्मैको ठूलो पदक भएकाले देशले गौरव गरेको उनले बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा युुवा तथा खेलकुुद मन्त्रालयले उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल तेक्वन्दो संघका पदाधिकारीलगायत व्यक्ति सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro