site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रहेनन् भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरी
फाइल तस्बिर : एनएनआई ।

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन भएको छ । ७२ वर्षीय यचुरीको उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको सीपीएमका वरिष्ठ नेता पुण्यवतीले पुष्टि गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार, केही समयदेखि बिरामी रहेका उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

सेप्टेम्बर १० मा सीपीएमले जारी गरेको विज्ञप्तिमा यचुरीलाई श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमण भएको बताइएको थियो ।

Dabur Nepal
NIC Asia

परिवारले उनको शव अस्पताललाई दान गरेका छन् । उनलाई अगस्ट १९ मा एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि उपचार भइरहेको थियो ।

यचुरीलाई देशभरका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले यचुरी आफ्नो असल साथी भएको बताएका छन् । 

मुख्यमन्त्री ममता बनर्जीले यचुरीको निधनको खबर सुनेर आफू निकै दुखी भएको बताएकी छन् । उनी अनुभवी सांसद भएको र उनको निधनले राष्ट्रिय राजनीतिलाई ठूलो क्षति पुगेको बनर्जीको भनाइ छ ।

यचुरीको विगत

यचुरीले कक्षा १० सम्म अल सेन्ट्स हाई स्कुलमा पढेका थिए । सन् १९६९ को तेलंगाना आन्दोलनका क्रममा उनी दिल्ली पुगेका थिए । यचुरी दिल्लीको प्रेसिडेन्ट एस्टेट स्कुलमा भर्ना भए र सीबीएसई उच्च माध्यमिक परीक्षामा अखिल भारतीय प्रथम श्रेणी प्राप्त गरेका थिए । उनले दिल्लीको सेन्ट स्टिफन्स कलेजबाट प्रथम श्रेणीमा अर्थशास्त्रमा बीए गरेका थिए ।

त्यसपछि उनले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)बाट अर्थशास्त्रमा एमए गरे । उनले जेएनयूमा पीएचडीका लागि भर्ना गरेका थिए । तर, सन् १९७५ मा आपत्‌कालका बेला गिरफ्तारीका कारण पूरा हुन सकेन ।

तत्कालीन उपराष्ट्रपति एम हमिद अन्सारीले सन् २०१७ मा यचुरीलाई उत्कृष्ट सांसद (राज्यसभा) पुरस्कार दिएका थिए ।

यचुरीकी पत्नी सीमा चिश्ती पेसाले पत्रकार हुन् । यचुरीले एक अन्तर्वार्तामा आफ्नी श्रीमतीले आर्थिक सहयोग गर्ने बताएका थिए । उनको पहिलो विवाह वीणा मजुमदारकी छोरी इन्द्राणी मजुमदारसँग भएको थियो । यस विवाहबाट उनको एक छोरी र एक छोरा छन् । यचुरीका छोरा आशिषको ३४ वर्षको उमेरमा २२ अप्रिल २०२१ मा कोभिडका कारण मृत्यु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro