site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेसियाका कल्याणकारी गृहमा 'यौन शोषण' : ४०२ बालबालिकाको उद्धार, १७१ जना पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मलेसिया प्रहरीले २० वटा इस्लामिक कल्याणकारी गृहमा छापा मारेर ४०२ बालबालिकाको उद्धार गरेको छ । जसमा एकदेखि १७ वर्ष उमेर समूहका २०१ बालक र २०१ बालिका छन् ।

समाचार एजेन्सी एपीकाअनुसार, मलेसिया प्रहरीले उद्धार गरिएका बालबालिकामाथि यौन शोषण हुने गरेको दाबी गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यी कल्याणकारी गृहहरू ग्लोबल इख्वान सर्भिस एन्ड बिजनेस होल्डिङ्स नामक इस्लामिक व्यापारिक समूहका हुन् ।

प्रहरी महानिरीक्षक रजाउद्दीन हुसैनले यसमा संलग्न १०५ महिलासहित १७१ संदिग्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा धार्मिक गुरु र कर्मचारी छन् । उनीहरू बालबालिकाको शिक्षा र हेरचाहको जिम्मेवारीमा थिए ।

Royal Enfield Island Ad

कल्याणकारी गृहमा रहेका बालबालिका बिरामी पर्दासमेत उपचार नगरिएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था गम्भीर भएपछि मात्रै अस्पताल लग्ने गरिन्थ्यो । पाँच वर्ष मुनिका बालबालिकालाई गल्ती गरेको भन्दै तातो चम्चाले खुवाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

मलेसिया सिटी पोस्ट वेबसाइटका अनुसार, ग्लोबल इख्वान ग्रुप किराना, बेकरी, रेस्टुरेन्ट, पोल्ट्री फार्म, ट्राभललगायत धेरै व्यवसायमा संलग्न छ । ग्लोबल इख्वानको चीन, बेलायत, यूएईलगायत २० देशमा शाखा छन् । जसमा पाँच हजारभन्दा बढी कर्मचारी काम गर्छन् ।

फक्स३१बाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro